प्रचण्ड भन्छन्, “सरकारले नैतिकता गुमाइसक्यो अब राजीनामा दिँदा हुन्छ”



Advertisement
Ads

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउँदै राजीनामा दिनुपर्ने बताएका छन्। शुक्रबार विपक्षी दलहरूको संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संविधान संशोधन र सुशासनका मुद्दामा सरकारको उल्टो गतिविधिले नैतिक आधार गुमेको दाबी गरे।


Advertisement

“प्रधानमन्त्री आफैंले संविधान संशोधन ०८७ सालमा मात्रै हुन्छ भनी स्पष्ट पारिसकेका छन्। तर, सुशासन र अन्य विषयमा भएका गतिविधिहरूले सरकार नैतिक रूपमा टिक्न सक्ने आधार छैन। यस्तो स्थितिमा राजीनामा दिनु नै उपयुक्त हुन्छ। तर, यसको अर्थ हामी सरकारमा जान खोजिरहेका छौं भन्ने होइन,” प्रचण्डले प्रष्ट पारे।


Advertisement

उनले देशको वर्तमान परिस्थितिप्रति विपक्षी दलहरू गम्भीर चिन्तित रहेको जनाउँदै सरकारले उनीहरूको आवाजलाई बेवास्ता गरेमा स्थिति विशेष अधिवेशनबाट सडकसम्म पुग्न सक्ने चेतावनी पनि दिए।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर