प्रचण्ड भन्छन्, “फागुन २१ गतेनै चुनाव हुन्छ, मैले टिकट बाँड्न थालिसके”

प्रचण्ड भन्छन्, “फागुन २१ गतेनै चुनाव हुन्छ, मैले टिकट बाँड्न थालिसके”

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आफूले टिकट बाँड्न सुरु गरेको बताएका छन्।

चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा प्रचण्डले आफ्नो दलको तर्फबाट हिजोदेखि नै टिकट वितरण सुरु भइसकेको जानकारी दिएका हुन्।

उनले चुनाव नहुने कि भन्ने शंका गर्नुको साटो चुनावको तयारीमा ध्यान दिन सबैसँग आग्रह गरे। प्रचण्डले भने, “मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरू जसरी अगाडि बढेका छन् र जनता पनि विस्तारै चुनावी मानसिकतातिर पुगेको छ, त्यसैले चुनाव हुनेछ। म तपाईंहरू सबैलाई पनि हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीमा अगाडि बढ्न अपिल गर्न चाहन्छु। चुनाव हुन्छ। चुनाव हुनै पर्छ। अहिले देशका लागि अर्को विकल्प छैन। अन्य विकल्प असहज र दुर्घटना निम्त्याउने हुन सक्छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स