प्रचण्ड भन्छन्, “म प्रधानमन्त्री हुँदा चीनसँग गरेकै समझदारीलाई फोटोकपी गरेर ओलीले प्रचार गरे”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
प्रचण्ड भन्छन्, “म प्रधानमन्त्री हुँदा चीनसँग गरेकै समझदारीलाई फोटोकपी गरेर ओलीले प्रचार गरे”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन्।

चितवनमा आयोजित सभामा बोल्दै प्रचण्डले अघिल्लो वर्ष आफू प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई “फोटोकपी” गरी प्रचार गरिएको आरोप लगाए।

उनले बीआरआई परियोजनाको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्ने तयारी आफूले नै गरेको बताउँदै ओलीले यस भ्रमणमा कुनै नयाँ काम नगरेको टिप्पणी गरे।

“ओलीले मेरो पहललाई मान्यता दिए, त्यसका लागि धन्यवाद,” प्रचण्डले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स