नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब राजनीतिक कोर्स बदल्नुपर्ने समय आएको बताएका छन्।
शनिबार गोरखा-काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। उनले भने, “गणतन्त्रको अभ्यास गर्दै जाँदा यथास्थितिमा राख्न र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने बेला अब आएको छ।”
प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र विज्ञ मन्त्रीको व्यवस्था गरी मात्र जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त गरे।
उनले माओवादी बलियो भएर आन्दोलन गर्ने महत्त्वमा जोड दिएका छन्। “माओवादीले राष्ट्र र परिवर्तनप्रति इमान्दार भएको बोध जनतामा बढ्दै गएको छ,” उनले थपे।
प्रचण्डले विरोधी दलले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै, “अब माओवादी जनतातर्फ फर्कन थालेको छ र यसको सकारात्मक प्रभाव देशभर फैलिएको छ,” भने। उनले उपनिर्वाचनको परिणामले ६४ को स्थिति फर्कन थालेको र यसका लागि अझै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए।
















प्रतिकृया