नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई अपमानित गर्नेहरूसँग लड्न अघि बढिसकेको बताएका छन्।
प्रतिक्रियावादीहरूको षड्यन्त्र परास्त गर्न जनतासँगै नयाँ जनक्रान्तिको आवश्यकता रहेको भन्दै उनले भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय, र आर्थिक समृद्धिको उद्देश्यसहित आन्दोलन सुरु गरिएको बताए।
गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीका प्रतिगमनकारी गतिविधिलाई रोक्न जनताको बीचमा गएर आन्दोलन आवश्यक भएको बताए।
‘माओवादी अब कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ,’ भन्दै उनले जनयुद्ध र जनआन्दोलनले दिलाएका उपलब्धिहरू खोस्न खोज्नेहरूलाई परास्त गर्न संघर्षको बाटो समातिसकेको घोषणा गरे।
साथै, सबै क्रान्तिकारी पार्टीहरूलाई एकताबद्ध गरी ठूलो जनक्रान्ति आवश्यक भएको र त्यसको सुरुवात आफूले गरिसकेको जिकिर गरे।
















प्रतिकृया