प्रचण्ड भन्छन्, “उचित कदम चाले बौद्धिक पलायन रोक्न सकिन्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १४ गते
प्रचण्ड भन्छन्, “उचित कदम चाले बौद्धिक पलायन रोक्न सकिन्छ”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा आवश्यक रहेको बताएका छन्। उनले प्याब्सनद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सम्बोधन गर्दै युवामा स्वाभिमान, सिर्जनशीलता, र आत्मनिर्भरता विकास गर्नुपर्नेमा जोड दिए।

उनले शिक्षालाई श्रमप्रति सम्मान, देशप्रेम, र नवप्रवर्तनमा आधारित बनाउनुपर्ने भन्दै गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणालीले मात्रै देशलाई शिक्षित र समृद्ध बनाउन सकिने बताए। प्रचण्डले निजी र सरकारी क्षेत्रबीचको साझेदारीले शिक्षाको गुणस्तर सुधार्ने र समावेशी अवसर सिर्जना गर्ने धारणा राखे।

उनले संघीय शिक्षा ऐन छिट्टै संसदबाट पारित गराउने प्रतिबद्धता जनाउँदै, निजी विद्यालयहरूको सञ्चालन र व्यवस्थापनलाई कानुनी दिशानिर्देश गर्ने बताए। सम्मेलनमा पाँच सयभन्दा बढी सहभागी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स