नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र निष्पक्ष चुनाव भए पार्टीको नतिजा राम्रो आउने बताएका छन्।
बुधबार पेरिसडाडास्थित पार्टी कार्यालयमा बामबुद्धिजीवीहरूसँग छलफल गर्दै प्रचण्डले वर्तमान स्थिति अनुसार स्वच्छ चुनाव भए केही स्थानबाहेक अधिकांश क्षेत्रमा नेकपाको परिणाम सकारात्मक आउने दाबी गरे। उनले चुनावका लागि नेकपाको सक्रियता अरु कुनै पार्टीमा देखिएको नभएको पनि जिकिर गरे।
प्रचण्डले भने, “मुलुकको परिवर्तनको मुख्य वाहक हामी हौँ, त्यसैले हिजोका सहयात्रीहरूसँग मिलेर वैदेशिक दलालहरूको विरुद्ध लाग्नु हाम्रो जिम्मेवारी हो।” उनले निर्वाचनका क्रममा गाली गलौज गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई जोगाउने कुरामा ध्यान दिनुपर्ने बताए।
साथै प्रचण्डले स्वच्छ निर्वाचन वातावरण सुनिश्चित गर्न बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख पनि गरे।






















प्रतिकृया