माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले दुई तिहाईको दम्भ प्रदर्शन गर्दै कुशासन र दमनको बाटो हिँड्दा मुलुक अहिलेको राजनीतिक संकटमा पुगेको बताएका छन्।
बिहीबार बिहान विज्ञप्तिमार्फत प्रचण्डले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको सुशासनप्रतिको त्रासका कारण बनेको काङ्ग्रेस–एमालेको सरकारले युवापुस्ता जेनजीसहित जनताको आक्रोशलाई विष्फोटको रूपमा जन्म दिएको बताएका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले १० बुँदामा आफ्नो धारणा प्रस्तुत गर्दै जेनजी पुस्ताका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा हुनुपर्नेमा जोड दिएका छन्।
त्यसका लागि राष्ट्रपति र सुरक्षा निकाय, विशेषगरी नेपाली सेनाले शान्ति सुरक्षा कायम गर्दै सहजीकरण गरिरहेको भूमिका उनले सराहना गरेका छन्।
प्रचण्डले सबै पक्षसँग अपील गर्दै, “प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी रहँदै संविधान र लोकतन्त्रको रक्षा गर्न, संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्ण निकासतर्फ लाग्न आवश्यक छ।”
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया