प्रचण्डले भने, “६४ सालमा देखेको जस्तै मेरो क्रेज अहिले पनि छ”



पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका अध्यक्ष, जनतामा पार्टीको लोकप्रियता बढेको बताए। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने कि माओवादीको क्रेज बढेकाले अहिले षड्यन्त्र गरी बदनाम गर्ने प्रयास भइरहेको छ।

प्रचण्डले भने, ‘म ०६४ सालमा देखेको जस्तै मेरो क्रेज अहिले पनि छ। फिल्डमा जाँदा तराई मधेशमा लाखौँ मानिससँग प्रत्यक्ष भेट भएको छ। बालबालिका, युवा, वृद्ध सबै माओवादी र प्रचण्डतर्फ आकर्षित भइरहेका छन्। यो देखेर दलाल, नोकरशाह, प्रतिक्रियावादी र अवसरवादीहरू बेचैन छन्।’


Advertisement

उनले माओवादी फेरि सत्ता आउने देखेर षड्यन्त्र भइरहेको बताए। ‘शेरा दरबारको कुरा उठाएर वा गोरु बेचेको साइनो नभएको ठाउँमा मलाई जोडेर १२ वर्षअघि पार्टी छाडेको व्यक्तिसँग प्रचार गरिएको छ,’ उनले भने। ‘क्यान्टोनमेन्टसँग मेरो कुनै सम्बन्ध छैन, त्यो गिरिजाबाबु हुँदा नै फर्छ्यौट भइसकेको थियो। यदि त्यहाँ केही भएको भए अहिलेसम्म रहन्थ्यो। तर पनि क्यान्टोनमेन्टलाई जोडेर मलाई केही गर्न सकिन्छ भनेर प्रयास भइरहेको छ। त्यो सफल नहुँदा अहिले सरकारमा रहेका केहीले दुई बुँदेलाई लिएर माओवादीलाई बदनाम गर्न खोजिरहेका छन्।’

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर