संसदमै प्रचण्डले भने, “एउटा गभर्नर पनि नियुक्त गर्न नसकेको देखेर जनताको मन मस्तिष्कमा यो सरकार ढलिसक्यो”

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २२ गते
संसदमै प्रचण्डले भने, “एउटा गभर्नर पनि नियुक्त गर्न नसकेको देखेर जनताको मन मस्तिष्कमा यो सरकार ढलिसक्यो”

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सरकारप्रति तीव्र असन्तोष पोखेका छन्। गभर्नर नियुक्तिमा लामो समयसम्म ढिलाइ भएकोप्रति आक्रोश व्यक्त गर्दै उनले दुई तिहाइ बहुमतको सरकारको “बेलुन फुटिसकेको” टिप्पणी गरे।

“एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन,” भन्दै उनले सरकार अब जनताको मन-मस्तिष्कमा नैतिक रूपमा ढलिसकेको दाबी गरे। प्राविधिक रूपमा सरकार कायमै भए पनि जनताका नजरमा यसको आधार गुमिसकेको उनको तर्क छ।

प्रचण्डले गभर्नर नियुक्तिमा स्वार्थ समूहको प्रभाव रहेको आरोप लगाए। उनका अनुसार, सरकारले स्वायत्त संस्थाहरूमा समेत राजनीतिक हस्तक्षेप गरिरहेको छ। नीति तथा कार्यक्रमले जनतामा उत्साह पैदा गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स