नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार ढलेपछि नेपाली कांग्रेससँग सत्ता समीकरण हुने आशंका व्यक्त गरेका छन्। मंगलबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै, उनले सरकार छिट्टै ढल्ने दाबी गरेका छन्।
‘मैले भनेको छु कि यो सरकार २०८४ सम्म जान्थ्यो भने राम्रो हुने थियो, तर सरकारको गतिविधि हेर्दा धेरै समय टिक्दैन,’ दाहालले भने। उनले थपे, ‘यदि २०८४ सम्म सरकार टिकेन भने, हाम्रो पार्टनर कांग्रेससँग सँगै सत्ता साझा गर्ने सम्भावना छ।’
माओवादीको प्राथमिकता अहिले सरकार निर्माण नभइ संगठन सुदृढीकरण रहेको दाहालले स्पष्ट पारे। उनले भने, ‘हाम्रो प्राथमिकता सरकारमा होइन, संगठनको सुदृढीकरणमा छ।’
दाहालले वर्तमान सरकारलाई पारदर्शी नहुनु र स्वाभाविक नगरेको आरोप लगाउँदै भने, ‘यो सरकार प्राकृतिक र स्वाभाविक छैन, पारदर्शी पनि छैन। अहिलेका कामहरू उल्टो दिशामा जान्छन्। हालको अध्यादेशको अवस्थाले त लाजमर्दो बनाएको छ।’
त्यस क्रममा, नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला र चन्द्र भण्डारी पनि उपस्थित थिए। कोइरालाले राजनीतिमा सबै कुरा सम्भव भएको भन्दै, ‘ठूलो दलहरूले मिलेर स्थिर सरकार बनाएको छ र यदि स्थिर सरकार दिन सकिन्छ भने विकासका कामहरू अघि बढ्ने छन्’ भने।















प्रतिकृया