प्रचण्डले भने, “कुलमान हटाउने विषयमा ओलीको चित्तबुझ्दो जवाफ नआए संसद् अवरुद्ध गरेर आन्दोलन गर्छौं”

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १३ गते
प्रचण्डले भने, “कुलमान हटाउने विषयमा ओलीको चित्तबुझ्दो जवाफ नआए संसद् अवरुद्ध गरेर आन्दोलन गर्छौं”

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चित्तबुझ्दो स्पष्टीकरण नआए संसद् अवरुद्ध गर्ने र आन्दोलन गर्ने चेतावनी दिएका छन्।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले घिसिङलाई हटाउने निर्णयलाई षड्यन्त्रपूर्ण र स्वेच्छाचारी भने। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरूले यसको विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेका छन्। प्रधानमन्त्रीले रोष्ट्रममा आएर स्पष्ट जवाफ नदिएसम्म संसद् नचल्ने प्रचण्डको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स