स्थिति सामान्य बनेसँगै पार्टी काममा फर्किए प्रचण्ड

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३१ गते
स्थिति सामान्य बनेसँगै पार्टी काममा फर्किए प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा फर्किएका छन्।

भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए। २३ गतेको आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट, भदौ २४ गते प्रचण्डले सिंहदरबारमा विपक्षी दलसँग बैठक पनि राखेका थिए।

तर आन्दोलन उग्र बन्दै गएपछि सेनाले उनलाई सुरक्षित स्थानमा उद्धार गरेको थियो। माओवादी केन्द्रका एक वरिष्ठ नेताका अनुसार स्थिति सामान्य बनेसँगै प्रचण्ड सोमबारदेखि पार्टी काममा फर्किएका हुन्।

उनले अब आन्दोलनकारीले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षण गर्ने तयारी गरिरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स