हारभन्दा जित सहन गाह्रो हुन्छ भन्दै प्रचण्डले रास्वपालाई दिए यस्तो राजनीतिक अर्ती

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २९ गते
हारभन्दा जित सहन गाह्रो हुन्छ भन्दै प्रचण्डले रास्वपालाई दिए यस्तो राजनीतिक अर्ती

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी लाई आफ्नो राजनीतिक अनुभवबाट सिक्न सुझाव दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०६४ सालको निर्वाचनमा तत्कालीन नेकपाले अहिले रास्वपाले जस्तै ठूलो जनसमर्थन प्राप्त गरे पनि त्यसलाई दीर्घकालीन रूपमा जोगाउन नसकेको स्मरण गराए ।

उनले चुनाव जित्नुभन्दा जितलाई टिकाइराख्न कठिन हुने उल्लेख गर्दै जनताको विश्वास कायम राख्न नसक्दा पार्टी कमजोर बन्न पुगेको बताए । “०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ ,” उनले भने ।

प्रचण्डले जनताको समर्थन सधैं स्थायी नहुने र त्यो शर्तसहित आउने बताए । जनअपेक्षाअनुसार काम गर्न नसके समर्थन तुरुन्तै घट्न सक्ने उल्लेख गर्दै उनले रास्वपालाई विगतबाट पाठ सिक्न आग्रह गरे । साथै उनले राजनीति निषेध, अपमान र प्रतिशोधभन्दा पनि विश्वास र सहकार्यका आधारमा अघि बढ्नुपर्ने धारणा राखे ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स