प्रचण्डले सरकारको आलोचना गर्दै भने, “इगो पूरा गर्न कुलमान घिसिङलाई पदबाट हटायो, समर्थन गर्ने आफ्नै मन्त्रीलाई निष्काशित गर्यो”



Advertisement
Ads

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आलोचना गर्दै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएकोमा इगो पूरा गर्ने उद्देश्य रहेको आरोप लगाए। प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकारले घिसिङलाई समर्थन गर्ने आफ्नै मन्त्रीलाई समेत हटाएको बताए।

प्रचण्डले भनें, “सरकार गठन भएदेखि नै तपाईंहरूको ध्यान केवल विचौलियाहरूको सेवामा मात्रै केन्द्रीत रह्यो। एक प्रमुख पदको परिवर्तन गर्न सरकारले दर्जनौँ निर्णय गर्नुपर्यो, महिनौँसम्म समय लाग्यो। एउटा इगो पूरा गर्न लोकलाई लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाइयो। कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशित गर्नुभयो।”


Advertisement

साथै, उनले सरकारको आलोचना गर्दै भने, “सरकारले बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरूको मन जित्न प्रयास गरेको छ, तर ५ लाख भूमिहीन र सुकुम्बासीहरूको जग्गाको स्वामित्व दिन नसकेको छ।”

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर