प्रधानमन्त्रीकै पार्टीभित्र असन्तोष रहेकाले सरकारको आयु लामो नहुने प्रचण्डको दाबी



Advertisement
Ads

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलिरहेको टिप्पणी गरेका छन्।


Advertisement

उद्योग वाणिज्य संघद्वारा नेपालगञ्जमा आयोजना गर्न लागिएको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि सुर्खेत आइपुगेका प्रचण्डले सरकारबारे आफ्नो पूर्वानुमान सही सावित भएको बताए।


Advertisement

उनले भने, “मैले पहिले नै अनुमान गरेको थिएँ कि यो सरकार धेरै समय टिक्दैन। प्रधानमन्त्रीको पार्टीभित्र नै असन्तोष र अस्थिरता छ।”

सरकारप्रति कुनै रुचि नभएको बताउँदै प्रचण्डले कांग्रेससँग सहकार्यको सम्भावना संकेत गरे। उनले भने, “अध्यादेशमा जोड दिनुले हामी विपक्षीहरूलाई विशेष अधिवेशन बोलाउन बाध्य पार्यो। त्यसपछि मात्रै सरकारले १८ गतेका लागि संसद् अधिवेशन बोलाएको हो। सरकारको आयु नीतिगत रूपमा लामो छैन। सरकारको जन्म नै दीर्घकालीन स्थायित्वको आधारमा भएको छैन। तर, हाल सरकारमा जाने हाम्रो कुनै इच्छा छैन। यद्यपि चितवनमा शेखरजीहरूसँग भएको कुराकानीले सम्भावनाहरू खुला राखेको छ।”

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर