प्रधानमन्त्री कार्कीको नियुक्ति केपी ओलीको सिफारिसमा भएको प्रचण्डको दाबी

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २४ गते
प्रधानमन्त्री कार्कीको नियुक्ति केपी ओलीको सिफारिसमा भएको प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको पुष्टि गरेका छन्। शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले भने कि राष्ट्रिय सङ्कटको परिस्थितिमा आवश्यकताको सिद्धान्त अनुसार युवा वर्गको भावना सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा सिफारिस गर्ने जिम्मेवारी ओलीकै रहेको थियो।

‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस गर्ने व्यक्ति केपी ओली नै हुन्,’ प्रचण्डले स्पष्ट गरे। उनले थपे, ‘ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। यसैले यो सरकार हावामा बनेको भन्न मिल्दैन। हामी उक्त प्रक्रियाका साक्षी मात्र थियौं।’

प्रचण्डले देश गम्भीर सङ्कटमा रहेको स्वीकार्दै यसको समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमति आवश्यक रहेकोमा जोड दिए। ‘राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको सहमति छ,’ उनले भने, ‘यसको समाधानका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवी सबैको सहभागिता आवश्यक छ।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स