नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको आरोप लगाएका छन्।
उनले गत वर्ष जस्तै संसदमा सुझाव समेट्ने लोकतान्त्रिक प्रक्रिया अपनाइएन भन्दै आलोचना गरे। संसदलाई सुझाव दिने मात्र माध्यम बनाइने तर ती सुझाव समेटेर परिमार्जन नगर्ने परम्परा अन्त्य गर्न खोजिएको तर सरकारले त्यसलाई खारेज गरेको उनले बताए। सरकारमा दुई तिहाइको दम्भ र निरंकुश सोच देखिएको आरोप लगाउँदै उनले नीति तथा कार्यक्रम सुधार गर्न माग गरे।
















प्रतिकृया