आम जनता पार्टीका सांसद तथा पूर्वमन्त्री प्रभु शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले काठमाडौंमा कार्यरत कवाडी मजदूर तथा व्यवसायीमाथि महानगर प्रहरीले आक्रमण गरेको घटनाको विरोध गरे। उनले टेकुस्थित कवाडी मजदूरमाथि महानगर प्रहरीको जत्थाले आक्रमण गरी गम्भीर घाइते बनाएको दाबी गर्दै अदालतको आदेश विपरीत पटकपटक गुण्डागर्दी भइरहेको बताए।
उनले कानून विपरीतको यस्तो क्रियाकलाप रोक्न सरकार किन असक्षम छ भनी प्रश्नसमेत उठाए।
आइतबार कवाडी खाली गर्ने क्रममा महानगर प्रहरीसँग भएको झडपमा लाठीचार्ज र आक्रमणबाट चार जना श्रमिक घाइते भएका थिए।



















प्रतिकृया