कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त, को हुन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ११ गते
कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त, को हुन् ?

कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले उनलाई सञ्चालकमा नियुक्त गरेसँगै आज बसेको समितिको बैठकले अध्यक्षमा चयन गरेको हो।

अर्थ मन्त्रालयका अनुसार व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई सञ्चालकमा पठाइएको हो। नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धकसमेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्वमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ।

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकार पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाहरूको सफल नेतृत्व गरिसकेका छन्। त्यस्तै, वित्त तथा व्यवस्थापन परामर्शदाताको रूपमा उनले देश–विदेशका १०० भन्दा बढी कम्पनीलाई सेवा प्रदान गरेका छन्।

हाल पौडेल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई इनर्जी लिमिटेडका अध्यक्षसमेत रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स