दुई माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट, कति पुग्यो सेयर मूल्य ?
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल माइक्रो इन्स्योरेन्सको ११औ कारोबार दिनमा सेयर मूल्य ९.९९ प्रतिशत बढेर ८६१.७० रुपैयाँ पुगेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९औ कारोबार दिनमा सेयर मूल्य ९.९९ प्रतिशत बढेर ७१२.४० रुपैयाँ पुगेको छ ।
समाचार तयार पर्दासम्म आज नेपाल माइक्रो इन्स्योरेन्सको ३२० कित्ता कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ३३० कित्ता कारोबार भएका छन्। यी दुबै कम्पनीको ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो, जसमा पब्लिक सेयर २२ लाख ५० हजार कित्ता रहेको छ।