instainsta

७० करोड लगानीमा बनेको पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ आजदेखि सञ्चालनमा, कोठा भाडा कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १४ गते
७० करोड लगानीमा बनेको पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ आजदेखि सञ्चालनमा, कोठा भाडा कति ?
AdvertisementAds

पोखराको लेकसाइड १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वातावरणमैत्री र दीर्घकालीन सोचसहित ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याएको छ। बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले यसको उद्घाटन गरेकी हुन्। ‘बगैँचा’ नामले नेपाली माटो र प्रकृतिसँग नजिक हुने अर्थ बोकेको छ, जसले यहाँका पाहुनालाई शान्त जीवनशैलीको अनुभव दिन्छ। रिसोर्टले नेपाली पारम्परिक उपचार पद्धतिमा आधारित मसाज, ध्वनि उपचार, योग अभ्यास र मानसिक पुनःस्थापनाका सेवा सुविधा पनि प्रदान गर्छ।

रिसोर्टमा दुई रेस्टुरेन्ट छन् — मरिच (इन्डो–चाइनीज र कन्टिनेन्टल) र उमामी (प्यान–एशियन स्वादका लागि)। “टारो” पूलसाइड बारले थप आकर्षण थपेको छ। यहाँ मौसम अनुसार तरकारी र अन्य सामग्री उपलब्ध छन्। चार प्रकारका कोठा—स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट र बगैँचा सुइट—प्रदान गरिएका छन्, जसमा सबैमा निजी बाल्कोनी छन् र हरियाली दृश्य देख्न सकिन्छ।

३२ कोठासहित साढे चार रोपनीमा फैलिएको यो परियोजना ७० करोड रुपैयाँको लगानीमा बनेको हो। कोठा भाडा १५० देखि ३५० डलर (२०,४०० देखि ४७,६००) नेपाली रुपैयाँ सम्म रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स