पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु, माग्यो आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र २ गते
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु, माग्यो आवेदन
AdvertisementAds

पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन खुलाएको हो।

अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट विश्वविद्यालयले आवेदन माग गरेको छ। इच्छुक उम्मेदवारले २०८३ भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा हुने विश्वविद्यालयले जनाएको छ।

प्रवेश परीक्षापछि हुने व्यक्तिगत अन्तर्वार्ताको मिति भने सोही दिन घोषणा गरिनेछ।

पीएचडी कार्यक्रममा आवेदन दिन ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स