चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा पूर्वीनाका झापाको काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जसअन्तर्गत पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थको आयात ६४ करोड १७ लाख ५९ हजार रुपैयाँले घटेको छ। गत वर्ष सोही अवधिमा १३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो।
यद्यपि, पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व भने वृद्धि भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताएका छन्। कार्यालयको तथ्याङ्कअनुसार चालु आवका ८ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो। गत आव २०८०/८१ को ८ महिनामा ५ अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया