instainsta

साढे ८ महिनामै पेप्सी उत्पादक कम्पनी वरुण बेभेरेजको व्यापार ५ अर्ब ७८ करोड नाघ्याे

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
साढे ८ महिनामै पेप्सी उत्पादक कम्पनी वरुण बेभेरेजको व्यापार ५ अर्ब ७८ करोड नाघ्याे
AdvertisementAds

वरुण बेभेरेज प्रालिले चालू आर्थिक वर्ष २०७८/७९ को साढे आठ महिनामा पाँच अर्ब ७८ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। भारतस्थित वरुण बेभेरेजको शतप्रतिशत लगानी रहेको यस सहायक कम्पनीले पेप्सी, माउन्टेन ड्यु, मिरिन्डा, सेभेन–अप, र एक्वाफिना लगायतका लोकप्रिय ब्रान्डका कार्बोनेटेड गैर-अल्कोहोलिक पेय पदार्थहरू उत्पादन गरी बिक्री गर्दै आएको छ।

कम्पनीले विगत केही वर्षमा पनि उच्च कारोबार गर्दै आएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने २०७८/७९ मा आठ अर्ब दुई करोड ४० लाख रुपैयाँ, २०७९/८० मा सात अर्ब ६२ करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको तथ्याङ्क देखिन्छ।

यसैबीच, वरुण बेभेरेजले तीन अर्ब ४७ करोड ३० लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा लिएर वित्तीय दायित्वहरू व्यवस्थित गर्न इक्रा नेपालले कम्पनीलाई ‘A1+’ रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ कम्पनीको न्यूनतम क्रेडिट जोखिम भएको र वित्तीय दायित्वहरू समयमा तिर्न सक्षम रहेको सूचक हो। इक्राले कम्पनीको सुधारिएको सञ्चालन अवस्था, बलियो वित्तीय प्रोफाइल, घरेलु कार्बोनेटेड सफ्ट ड्रिंक्स उद्योगमा बढ्दो बजार हिस्सा, ऋणमा कम निर्भरता, तथा स्थिर नाफा र नगद प्रवाहलाई यस रेटिङको आधार मानेको छ।

कम्पनीले आफ्नो बजार हिस्सा गत वर्षको ३९ प्रतिशतबाट चालु आर्थिक वर्षको नौ महिनामा करिब ४६ प्रतिशतमा पुर्याएको छ।साथै, कम्पनीको वित्तीय अवस्थाका अन्य सूचकहरू पनि सकारात्मक छन्।

तर, कम्पनीको नाफामा चिनी, कन्सेन्ट्रेट लगायत विभिन्न कच्चा पदार्थहरूको मूल्यमा हुने उतारचढावको प्रभाव देखिएको छ। त्यस्तै, अस्थिर भन्सार नीति, मौसमी कारणले उत्पादनमा हुने प्रभाव र उपभोक्ताको बदलिँदो रुचिले पनि व्यवसायमा नकारात्मक प्रभाव परेको कम्पनीको रिपोर्टमा उल्लेख छ।

वरुण बेभेरेजले काठमाडौं र नवलपरासीमा रहेका आफ्ना कारखानाहरूबाट आफ्नो उत्पादनहरू बजारमा ल्याइरहेको छ। कम्पनीका उत्पादनमा पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सेभेन–अप, एक्वाफिना, सोडा र स्टिङ जस्ता लोकप्रिय ब्रान्डहरू समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स