नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरिएका कमजोरीका कारण इतिहास बनिसकेको राजतन्त्रले अहिले टाउको उठाउन प्रयास गरेको बताएका छन्।
जनआन्दोलन र जनयुद्धमार्फत सामन्ती राजतन्त्रको समाप्ति भए पनि संविधान जारी गरेपछि भएका केही कमजोरीका कारण अहिले राजतन्त्रका समर्थकहरूले पुनः उठ्ने कोसिस गरेको प्रचण्डले बताए।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको जनसभामा सम्बोधन गर्दै उनले भने, “हामीले केही त्रुटी गरेकाले अहिले दलाल र नोकरशाहीहरूले फाइदा उठाउन सके। तर अब यो समस्या सच्याइनेछ।”
उनले समाजवादी मोर्चा र व्यक्तिगत तर्फबाट आत्मआलोचना गर्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रचण्डले गल्तीबाट शिक्षा लिइ आगामी समयका लागि मजदुर, किसान, उत्पीडित जनताको पक्षमा काम गर्न र नयाँ क्रान्तिको नेतृत्व गर्न तयार रहेको समेत बताए।
















प्रतिकृया