SHAREHUBSHAREHUB

दलहरूले समानुपातिक उम्मेदवार सूची अबको दुई दिनभित्र बुझाउनुपर्ने

AdvertisementAds
दलहरूले समानुपातिक उम्मेदवार सूची अबको दुई दिनभित्र बुझाउनुपर्ने
AdvertisementAds

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने प्रक्रिया आज आइतबारदेखि सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाइसक्नुपर्नेछ। उम्मेदवारको बन्द सूची पेश गर्दा प्रचलित ऐनले तोकेको विधि, प्रक्रिया तथा आवश्यक प्रमाण कागजात अनिवार्य रूपमा पूरा गर्नुपर्ने आयोगले दलहरूलाई जानकारी गराइसकेको छ।

आयोगले बन्द सूची दुई दिनसम्म प्रत्येक दिन अपराह्न ४ बजेसम्म कार्यालय समयभित्र आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने गरी समय तोकेको जनाएको छ।

यसैगरी, राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि तयार पारेको उम्मेदवारको बन्द सूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स