पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ५ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७२ लाख ९६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष आयोजना असोज १२ गते आएको बाढीका कारण क्षतिग्रस्त बनेपछि विद्युत उत्पादन बन्द भएको थियो। त्यसपछि कम्पनीले आवश्यक मर्मत कार्य सम्पन्न गरी चैत १६ गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको हो।
यता, वित्तीय खर्च ४ लाख ३७ हजार रुपैयाँ रहेको छ भने कर्मचारी खर्च ३९ लाख १२ हजार रुपैयाँ र अन्य सञ्चालन खर्च ३४ लाख ५४ हजार रुपैयाँ रहेको छ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोष ८ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ३६ पैसाले ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८५ पैसा छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया