गत वर्ष बाढीले प्रभावित पाँचथर पावरको घाटा घट्यो, बीमा दाबीबापत १३ करोड प्राप्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
गत वर्ष बाढीले प्रभावित पाँचथर पावरको घाटा घट्यो, बीमा दाबीबापत १३ करोड प्राप्त

पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको घाटा ६६.८७ प्रतिशतले घटेर ४ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

आयोजनामा २०८१ असोज १२ गते आएको बाढीका कारण सिभिल संरचना, पावर हाउस र इलेक्ट्रो मेकानिकल उपकरणमा क्षति पुगेको र त्यसको मर्मतपछि चैत १६ गतेबाट विद्युत उत्पादन सुचारु भएको कम्पनीले रिपोर्टमा उल्लेख गरेको छ।बीमा दाबीबापत १३ करोड १६ लाख रुपैयाँ प्राप्त हुनु र अन्य आय बढेका कारण घाटामा कमी आएको हो।

चौथो त्रैमाससम्ममा पाँचथर पावरको विद्युत बिक्री आम्दानी ८ लाख ९० हजार रुपैयाँ पुगेको छ भने अन्य आम्दानी १ करोड ९६ लाख रुपैयाँ भएको छ। यता, बीमा दाबीबापत प्राप्त रकमलाई इलेक्ट्रो मेकानिकल लागतमा समायोजन गरी सम्पत्तिमा लेखांकन गरिएको कम्पनीले जनाएको छ। यस अवधिमा काम नलाग्ने कवाडी सम्पत्ति बिक्रीबाट १ करोड ११ लाख ७४ हजार रुपैयाँ प्राप्त भएको छ।  कम्पनीको कर्मचारी खर्च ५५ लाख ९४ हजार रुपैयाँ, अन्य सञ्चालन खर्च १ करोड ६६ लाख रुपैयाँ भएको छ भने, वित्त खर्च ११ करोड ६ लाख बाट घटेर ५ करोड २४ लाख रुपैयाँमा सिमित भएको छ।

पाँचथर पावरको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ ८ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। कम्पनीको कुल चालु सम्पत्ति १५ करोड रुपैयाँ र कुल चालु दायित्व ३० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ४३ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स