हिमालयन बैंकबाट बाहिरिँदै पाकिस्तानको हबिब बैंक, २ करोड बढी संस्थापक सेयर बिक्रीमा



पाकिस्तानी हबिब बैंक लिमिटेडले हिमालयन बैंकमा रहेको आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने निर्णय गरेको छ। हिमालयन बैंकले एक सूचना प्रकाशित गर्दै हबिब बैंक स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी दिएको हो। यस सेयर बिक्रीपछि हबिब बैंकको हिमालयन बैंकमा करिब १३ प्रतिशत रहेको स्वामित्व अन्त्य हुनेछ।

बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले उक्त मूल्य वा सोभन्दा बढी कबोल गरी सेयर खरिदको लागि आवेदन दिन सक्नेछन्। बैंकले सेयर खरिदको लागि आवेदन दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले ३५ दिनको तोकेको छ। यस अवधिमा संस्थापक सेयरधनीहरूले काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ।


Advertisement

नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि हिमालयन बैंकको सञ्चालक समितिले हबिब बैंकको सेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। प्रारम्भमा यी सेयरहरू संस्थापक सेयरधनीहरूकै लागि खुला गरिनेछ। यदि सो अवधिमा सम्पूर्ण सेयर खरिद नभएमा बाँकी रहेको हिस्सा सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिने बैंकले जानकारी दिएको छ। हिमालयन बैंकमा सन् १९९३ देखि हबिब बैंकको संस्थापक साझेदारी रहँदै आएको हो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर