प्रचण्डलाई पदम गिरिको प्रश्न: “हिजो सहमति कार्यान्वयन नगर्ने, आज दोष सरकारलाई दिने?”

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १४ गते
प्रचण्डलाई पदम गिरिको प्रश्न: “हिजो सहमति कार्यान्वयन नगर्ने, आज दोष सरकारलाई दिने?”

सत्तारुढ नेकपा (एमाले)का सांसद पदम गिरीले शिक्षक आन्दोलनलाई लिएर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रमाथिप्रश्न उठाएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा उनले शिक्षकहरूलाई सडक आन्दोलनमा उक्साउने काम नेताहरू नै गरेको आरोप लगाए।

“तपाईंहरू सडक नछाड्नुस्, स्कुल नफर्कनुस्, विद्यार्थीलाई नपढाउनुस् भनेर जिम्मेवार तहमा रहेका नेतृत्वले जुन अभिव्यक्ति दिइराख्नुभएको छ, त्यसले वास्तवमा शिक्षकहरूलाई गलत बाटोमा हिडाउनका निम्ति उत्प्रेरित त गरिराख्नुभएको छैन,” सांसद गिरीले भने।

साथै, उनले माओवादी नेतृत्वको सरकारमा बसेर शिक्षकहरूसँग सहमति गरे पनि कार्यान्वयन नगरेको र अहिले सबै दोष वर्तमान सरकारमाथि थोपर्ने काम भएकोप्रति असन्तुष्टि जनाए।

गिरीले भने, “हिजो आफैं सरकारको नेतृत्वमा रहेर शिक्षकसँग सहमति गर्ने, तर त्यसलाई कार्यान्वयन नगर्ने। अहिले आएर शिक्षाका सबै समस्या वर्तमान सरकारले ल्याएको जस्तो गरी जनतालाई भ्रममा पार्ने काम भएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स