मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पुनर्संरचना गर्न अध्ययन समिति गठन गर्ने र जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले नेप्सेको पुनर्संरचनाबारे आवश्यक अध्ययन गरी सुझाव पेस गर्ने जिम्मेवारी प्रकाशजंग केसीको संयोजकत्वमा गठन गरिएको सुझाव समितिलाई दिएको छ।
यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
साथै, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्विट्जरल्यान्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।


















प्रतिकृया