भोलि हुने बजेट भाषण नरोक्ने विपक्षी दलहरुको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
भोलि हुने बजेट भाषण नरोक्ने विपक्षी दलहरुको निर्णय

नेकपा (माओवादी केन्द्र) र अन्य विपक्षी दलहरूको बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसेको छ। बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अडानलाई निरन्तरता दिने निर्णय गरेको छ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न पनि जोड दिएका छन्। तर सत्तारूढ कांग्रेस र एमाले गृहमन्त्रीको राजीनामाको पक्षमा छैनन्।

गृहमन्त्री आज सदनमा बोल्ने तयारीमा छन् भने प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरी सदन चलाउन सहयोग गर्न अनुरोध गरेका छन्। विपक्षी दलले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने जोड दिएका छन्।

माओवादी सांसद माधव सापकोटाका अनुसार, विपक्षी दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग्ने निर्णय गरे पनि आगामी बजेटलाई समर्थन गर्ने निष्कर्ष पनि निकालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स