स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले उपसहायक (तह-४क) पदमा केही कर्मचारी आवश्यक रहेको जनाएको छ।
इच्छुक उम्मेदवारले एसएलसी/एसइइ उत्तीर्ण गरेको हुनुपर्नेछ। लघुवित्त क्षेत्रमा १ वर्षको अनुभव, कम्प्युटर सञ्चालन तालिम, र चालक अनुमतिपत्र अनिवार्य गरिएको छ। उमेर सीमा पुरुषका लागि २१-३५ वर्ष र महिलाका लागि २१-४० वर्ष तोकिएको छ।
छनोट प्रक्रिया कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामार्फत हुनेछ। आवेदन संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा १५ दिनभित्र पेस गर्न अनुरोध गरिएको छ।
थप जानकारी www.swbbl.com.np मा उपलब्ध छ।


प्रतिकृया