बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज माघ २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।
कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गरिनेछ।
उक्त हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरिएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। कम्पनीले यसअघि गत फागुन १२ गते बोर्डमा आवेदन दिएको थियो।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया