SHAREHUBSHAREHUB

रवि–बालेनबीच वैकल्पिक शक्ति निर्माणबारे वान टू वान वार्ता

AdvertisementAds
रवि–बालेनबीच वैकल्पिक शक्ति निर्माणबारे वान टू वान वार्ता
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच वैकल्पिक राजनीतिक शक्ति निर्माणको विषयमा वान टू वान वार्ता सुरु भएको छ।

बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित निवासमा दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ। यसअघि सोही स्थानमा बालेन साह र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच पनि छलफल भएको थियो।

छलफलपछि बाहिरिने क्रममा कांग्रेस नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापना भए त्यसको सम्भावित प्रभावबारे बालेनसँग कुराकानी भएको बताएका थिए।

त्यसपछि रवि लामिछाने सोही स्थानमा पुगेर बालेनसँग वान टू वान वार्ता थालेका हुन्। रविसँग असिम शाह र गणेश कार्की पुगे पनि उनीहरू वार्तामा सहभागी छैनन्।

त्यस्तै, वैकल्पिक अभियानमा सक्रिय सागर ढकाल र ‘हामी नेपाल’ अभियानका अध्यक्ष सुदन गुरुङ पनि छलफलस्थलमा उपस्थित छन्।

AdvertisementAds

यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो छलफल भएको थियो। कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा भएको उक्त छलफलमा सरकार र पार्टी नेतृत्वको मोडालिटीबारे प्रस्ताव आदान–प्रदान भएको बताइएको थियो।यसैबीच, बालेन साहले मंगलबार बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसहित विभिन्न व्यक्तिसँग पनि राजनीतिक भेटघाट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स