एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हालै गरिएको पत्थरी शल्यक्रियापछि स्वास्थ्य लाभ लिइरहेका छन्। संक्रमणको जोखिम देखिएपछि उनको राजनीतिक भेटघाट हालका लागि सीमित गरिएको छ। उनी भक्तपुरको गुण्डुस्थित निवासको माथिल्लो तलामा आराम गरिरहेका छन्।
शल्यक्रियापछि घाउमा सामान्य संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार भेटघाट घटाइएको हो। चिकित्सकहरूले अझै १० देखि १५ दिन पूर्ण विश्राम गर्न सुझाव दिएका छन्।
केही दिनअघि घाउमा समस्या बढेपछि अस्पताल लैजानुपर्ने अवस्था बनेको थियो। तर हाल घरमै चिकित्सकीय निगरानीमा उपचार भइरहेको छ, साथै नियमित रूपमा ड्रेसिङ र रगत परीक्षण पनि भइरहेको छ। अहिले स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको जनाइएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)
प्रतिकृया