प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको लगानी बोर्डको ६४औँ बैठकले जनकपुरमा भारतको लगानीमा खाने तेल उद्योग स्थापना गर्न स्वीकृति दिएको छ। उद्योग भारतको विनायक आयल इन्डस्ट्रिज र नेपाली व्यवसायी राइसा टिबडेवालाको साझेदारीमा साढे ६ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइनेछ।
उद्योग स्थापनाको प्रस्ताव टिबडेवालले लगानी बोर्डमा पेस गरेका थिए, जसअनुसार पूर्वाधार निर्माणमा ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ लगानी गरिनेछ। प्रस्तावित उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयलको हुनेछ।
विनायक आयल इन्डस्ट्रिज भारतको पश्चिम बङ्गालको हावरामा मुख्यालय रहेको, सन् १९९७ मा स्थापित एक प्रसिद्ध तेल उत्पादक कम्पनी हो। यसले प्रिमियम ब्रान आयल, सनफ्लावर आयल, सोयाबिन आयल र तोरीको तेल उत्पादन गर्दै आएको छ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया