राष्ट्रपतिले तत्काल देशवासीको नाममा सम्बोधन गर्न नेसपा नयाँ शक्तिको माग

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २६ गते
राष्ट्रपतिले तत्काल देशवासीको नाममा सम्बोधन गर्न नेसपा नयाँ शक्तिको माग

डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले कुनै निरंकुशता र वैदेशिक हस्तक्षेप स्वीकार्य नभएको जनाएको छ। प्रवक्ता कृष्ण शर्माले राष्ट्रपतिले देशवासीका नाममा सम्बोधन गरी मुलुकको सार्वभौमसत्ता, लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले अघि सारेको विद्रोहलाई अग्रगामी राजनीतिक परिवर्तनको दिशामा रूपान्तरण गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा रहेको छ। जेनजी प्रदर्शन वाट भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्न पर्दछ । दोषीहरूलाई कडा कानुनी कारबाही गर्नु पर्दछ । मृतकहरूलाई शहीद घोषणा गरी उचित क्षतिपूर्ति दिनु पर्दछ । घाइतेहरूको शीघ्र उपचारको व्यवस्था हुनु पर्दछ ।’

युवापुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसा, आगजनी, तोडफोड र हिंसा मच्चाउने अराजक तत्त्वहरूको पहिचान गरी कडा कारबाही गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प अझ उच्च र उन्नत स्तरको लोकतन्त्र हो । यसलाई कमजोर पार्ने होइन, संस्थागत र सुदृढ बनाउने माध्यमबाट मात्र जनतामा निहित सार्वभौमसत्तालाई सुरक्षित र सुदृढ गर्न सकिन्छ। वर्तमान सङ्कटको प्रमुख कारण भ्रष्ट, पुराना दल र नेतृत्व हुन्। जेनजी पुस्ताको विद्रोह त्यसैको परिणाम हो । यसको समाधान राष्ट्रपति ज्युको आव्हानमा अन्तरिम सरकार गठन गर्न उच्च राजनीतिक चरित्र भएका नयाँ, स्वच्छ, सक्षम नागरिक अगुवा एवं वैकल्पिक राजनीतिक शक्तिहरूमार्फत खोजिनुपर्छ।’

देशमा दीर्घकालीन राजनीतिक स्थिरता कायम गर्न संविधान संशोधनसहित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्न माग गरेको छ।

भ्रष्टाचार अन्त्यका लागि उच्चस्तरीय संयन्त्र जनलोकपाल गठन गरी २०४६ सालदेखि हालसम्म सत्तामा रहेका नेता र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स