अब पोस्टपेड सिमको नामसारी घरबाटै अनलाइन फर्म भरेर गर्न सकिने, यस्तो छ प्रक्रिया

अब पोस्टपेड सिमको नामसारी घरबाटै अनलाइन फर्म भरेर गर्न सकिने, यस्तो छ प्रक्रिया
Advertisement Ads

नेपाल टेलिकमले Postpaid SIM को नामसारी प्रक्रिया सहज बनाउन घरमै बसेर Online Form भर्न सकिने व्यवस्था गरेको छ।

यसका लागि नेपाल टेलिकमको KYC पोर्टल  (https://kyc.ntc.net.np/) मा गएर मोबाइल नम्बर र OTP मार्फत लगइन गर्नुपर्नेछ। त्यसपछि हालका र नयाँ ग्राहकको व्यक्तिगत विवरणसँगै पछिल्लो ३० दिनमा कल गरिएका ५ वटा नम्बरको विवरण भर्नुपर्नेछ।

Online form पूरा गरेपछि नजिकको नेपाल टेलिकम कार्यालयमा मौलिक नागरिकता र तोकिएको शुल्कसहित उपस्थित भई अन्तिम प्रमाणीकरण गर्नुपर्नेछ। ग्राहकको प्रतिनिधिले पनि आवश्यक कागजातसहित प्रमाणीकरणका लागि उपस्थित हुन सक्नेछन्।

यो सुविधा हाल व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध रहेको छ। Corporate ग्राहकले भने नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ।

थप जानकारी वा समस्या परेमा १४९८ वा ०१–५९०१४९८ मा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स