अब घरमै बसेर अनलाइनबाटै एनटिसीको प्रिपेड ई-सिम लिन सकिने, यस्तो छ प्रोसेस

अब घरमै बसेर अनलाइनबाटै एनटिसीको प्रिपेड ई-सिम लिन सकिने, यस्तो छ प्रोसेस

नेपाल टेलिकम ‘एनटिसी’ले आफ्ना सेवाग्राहीलाई अझ सहज सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ प्रिपेड ई–सिम अनलाइनमार्फत नै लिन सकिने व्यवस्था सुरु गरेको छ। अब सिम लिनका लागि ग्राहकहरू कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ।

टेलिकमले जारी गरेको विज्ञप्तिअनुसार नयाँ प्रिपेड ई–सिम लिन इच्छुक सेवाग्राहीले यसको आधिकारिक वेबसाइट esim.ntc.net.np मा लगइन गरी ‘Get New Prepaid eSIM’ विकल्प चयन गर्नुपर्नेछ। त्यसपछि वेबसाइटमा दिइएका निर्देशनहरू अनुसार आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सकिन्छ।

दर्ता प्रक्रिया पूरा भएपछि डिजिटल वालेट वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। भुक्तानी सफल भएपछि सेवाग्राहीलाई ई–सिमको क्यूआर कोड उपलब्ध गराइनेछ, जसलाई मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि सिम सक्रिय हुन्छ।

टेलिकमले यसअघि नै प्रयोगमा रहेका भौतिक सिमलाई ई–सिममा रूपान्तरण गर्ने सुविधा अनलाइनमार्फत उपलब्ध गराउँदै आएको थियो। अहिले त्यसै प्रणालीलाई विस्तार गर्दै नयाँ प्रिपेड सिमका लागि पनि अनलाइन सेवा थप गरिएको हो।

यसका साथै नयाँ फिजिकल सिमका लागि आवश्यक फारम भर्न, ग्राहक विवरण दर्ता तथा अद्यावधिक गर्न समेत सोही पोर्टलमार्फत अनलाइन केवाईसी सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

prepaid esim online activation notice 1778486343713 https://bajarkochirfar.com/now-you-can-get-ntc-prepaid-e-sim-online-from-home-this-is-the-process | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स