SHAREHUBSHAREHUB

अब व्यक्ति होइन, देश बन्नुपर्छ : सञ्चारमन्त्री खरेल

AdvertisementAds
अब व्यक्ति होइन, देश बन्नुपर्छ : सञ्चारमन्त्री खरेल
AdvertisementAds

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा राजनीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा पोखरामा आयोजित विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सही नेतृत्व चयनमार्फत राजनीतिक परिवर्तन सम्भव हुने बताए।

‘व्यक्ति होइन, देश बन्नुपर्छ,’ भन्दै उनले विवेकशील र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा राखे।

देश निर्वाचन प्रक्रियातर्फ अघि बढिसकेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आजै राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स