SHAREHUBSHAREHUB

अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ३१ गते
AdvertisementAds
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
AdvertisementAds

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन्।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन्। सहकारीमा आफूले ठगेको पैसा जनताको करबाट तिर्ने काम शुरु गर्ने वित्तिकै वर्तमान सरकारको दशा शुरु हुने र व्यवस्था पनि नरहने संयोजक प्रसाईंको भनाई थियो । उनले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आफूले नेकपा (एमाले)लाई जस्तै नांगेझार पार्ने पनि बताए । मुलुकमा अब आन्दोलन हुने भन्दै संयोजक प्रसाईंले त्यसले पिँध नभएको गमला जस्तो वर्तमान शासन व्यवस्था जाने बताए ।

उनले भने,‘जसरी एमाले नांगो बनाएको थिए नि । तिमीहरुलाई त्यसरी नै दुर्गा प्रसाईंले नांगो बनाएर हिजो तिमीहरुले जसरी हरेकको घरमा आँगो लगाएका थियौ नि । यस्तो थियो नि सर्पोटरको घरमा पनि आगो लगाएका थियौ नि । अब कन्टेन्ट क्रियटर राखेको रहेछ–२,४ जनालाई पैसा दिएर । उनीहरुको काम नै मुख छाड्ने । अब एकदम नै मुख छाडने । ती सबैका घर मान्छेले वाच गरेका छन । भोली के हुन्छ ? अर्को आन्दोलन भयो भने त्यो सोच्नु होला । त्यो सोच्नु होला, आन्दोलन हुन्छ । व्यवस्था जान्छ । यो पिँध नभएको भाँडो छ नि गमला जस्तो भाँडो । यो जानेवाला छ । एउटा कुरा बुझ्न्–जानीजानी सहकारी ठगेको छ । स्वास्थ्य बीमा गरेको २२ अर्ब पैसा हामी प्राईभेट हस्पिटलले पाएको छैन । दश अर्व दुध किसानको पैसा तिर्न बाँकि छ । किसानले मल पाएको छैन।  यिनीहरुले सहकारी ठगेको पैसामा बजेटमा छुट्टयाएर तिर्ने रे । ल तिर्न शुरु गर त । तिमीहरुले तिर्न शुरु गर्छौ नि । अनि तिमीहरुको दशा त्यहीबाट शुरु हुन्छ ।’

संयोजक प्रसाईंले किसानले मल नपाएको, दुध किसानले भुक्तानी नपाएको जस्ता विषयमा पनि सरकार गम्भिर नभएको आरोप पनि लगाए ।

–न्युज एजेन्सी नेपाल

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स