अब काठमाडौं महानगरपालिका भित्र रूखमा झिलिमिली बत्ती राख्न नपाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
अब काठमाडौं महानगरपालिका भित्र रूखमा झिलिमिली बत्ती राख्न नपाइने

काठमाडौं महानगरपालिकाले रूखमा झिलिमिली बत्ती राख्न रोक लगाएको छ। आइतबार बसेको ३७औं नगर कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पारित गर्दै सार्वजनिक र निजी स्थानका रूखमा बत्ती राख्न नपाइने निर्णय गरेको हो।

मापदण्डको दफा २ अनुसार महानगरभित्र कुनै पनि रूखमा लहरे बत्ती राख्न निषेध गरिएको छ। सहरी सौन्दर्यका लागि राखिने रोप स्ट्रिट लाइट र स्ट्रिट लाइटले मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरुंगीसहित पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा असर नगर्ने गरी व्यवस्थित गर्नुपर्नेछ।

बत्ती राख्नुपरेमा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्नेछ, जसमा गुणस्तर, पावर, रङ, र प्रकाशको रेन्जजस्ता प्राविधिक पक्षलाई ध्यानमा राखिने छ। स्वीकृति अधिकतम सात दिनका लागि मात्र दिइनेछ।

मापदण्ड उल्लंघन भएमा महानगरले बत्ती जफत गरी जरिवाना गर्न सक्नेछ। तर, जात्रा र पर्वका लागि यस्ता बत्ती राख्न स्वीकृति लिनु नपर्ने र निश्चित समयका लागि छुट दिइने बताइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स