अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष नाफामा पुगेको छ।
लघुवित्तको प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड २९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
खुद ब्याज आम्दानी उल्लेख्य बढ्नु र इम्पेयरमेन्ट चार्ज ऋणात्मक हुनु नै नाफा बढ्नुको प्रमुख कारण हो।
चौथो त्रैमाससम्ममा एनएमबि लघुवित्तको खुद ब्याज आम्दानी ६१.८३ प्रतिशतले बढेर ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशतले बढेर ५ करोड ८८ लाख पुगेको छ। अघिल्लो वर्ष ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा अहिले बढेर ६ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
लघुवित्तको इम्पेयरमेन्ट चार्ज १ करोड १० लाख बाट घटेर ३ करोड ५ लाख रुपैयाँ ऋणात्मक भएको छ।
समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।














प्रतिकृया