एनएमबि बैंकले आफ्ना कर्मचारीलाई पठायो दुई महिनाको तलब बराबर क्लोजिङ बोनस

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १२ गते
एनएमबि बैंकले आफ्ना कर्मचारीलाई पठायो दुई महिनाको तलब बराबर क्लोजिङ बोनस

एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई दुई महिनाको आधारभूत तलब बराबरको क्लोजिङ बोनस खातामा जम्मा गरेको छ। आर्थिक वर्षको अन्त्यसँगै बैंकले अनुमानित नाफाको आधारमा बोनसको आधा हिस्सा अग्रिम रुपमा क्लोजिङ बोनसका रूपमा प्रदान गर्ने प्रचलन अनुसार, एनएमबिले पनि अहिलेको लागि दुई महिनाको तलब बराबर बोनस दिएको हो।

बैंकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार, एनएमबि बैंकमा २,०५३ कर्मचारी कार्यरत छन्। यसैबीच, केही बैंकहरूले क्लोजिङ बोनसको रूपमा अग्रिम रकम पठाइसकेका छन् भने केहीले भने सबै बोनस साधारणसभाबाट एकमुष्ट दिने रणनीति अपनाएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स