एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद सेयर अब लिलामी मार्फत बिक्री गरिने



Advertisement
Ads

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २० गतेदेखि अवितरित हकप्रद सेयर लिलामी मार्फत बिक्री गर्न लागेको छ। यसअघि  कम्पनीले १० बराबर ६.२५६ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन नपरेका सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। जस अनुसार, संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता अवितिरत हकप्रद सेयर लिलामीमा बिक्री गर्न लागेको हो।


Advertisement

इच्छुक लगानीकर्ताले माघ २७ गतेभित्र न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहका लागि न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ताको आवेदन दिनुपर्छ। अधिकतम कित्ताको लागि भने कुनै सीमा निर्धारण गरिएको छैन।


Advertisement

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। साथै, लगानीकर्ताले बोलपत्र फाराम लक्ष्मी सनराइज क्यापिटलसँगै एनएलजी इन्स्योरेन्सका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा आवेदन दिन सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर