SHAREHUBSHAREHUB

रवि लामिछानेको रिहापछि निकिता पौडेल भन्छिन्: प्रतिशोधको एउटा अध्याय सकियो, न्यायको लडाइँ जारी

AdvertisementAds
रवि लामिछानेको रिहापछि निकिता पौडेल भन्छिन्: प्रतिशोधको एउटा अध्याय सकियो, न्यायको लडाइँ जारी
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा हुने भएपछि उनकी पत्नी निकिता पौडेलले कानुनी लडाइँ अझै जारी रहेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले रवि राजनीतिमा प्रवेश गरेकै कारण प्रतिशोधको सिकार बन्नुपरेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छिन्–

‘बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ।  अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के-के खेपियो-खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दु:ख-हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।’

उनले यस अवधिमा आफूहरूले ठूलो मानसिक पीडा भोग्नुपरेको पनि उल्लेख गरेकी छन्। “यो बीचमा हामीले के भोगेनौँ। उसले ‘कालकोठरी’ भोग्यो। र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगेँ। उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्।”

AdvertisementAds

निकिताले रविले प्रतिशोधको सामना दृढताका साथ गरेको र आफूले कानुनी पाटोबाट सम्भव सबै प्रयास गरेको बताएकी छन्। “तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानुनी पाटोबाट संरक्षणको हरसम्भव प्रयास गरेँ।”

उनले तत्कालको राहतलाई दीर्घकालीन न्यायमा परिणत गर्ने विश्वास व्यक्त गर्दै कानुनी प्रक्रिया अझै बाँकी रहेको बताएकी छन्। “अगाध आस्था र विश्वास रहेकाले याे दिनका लागि भगवानसँग कामना गरेकै थिएँ, केही ढिलै भए पनि आयाे। कानूनी प्रकृया अझै बाँकी छ। र, भगवानप्रतिकाे उस्तै आस्थाकाे निरन्तरता पनि। न्यायिक प्रक्रियाबाटै तत्कालकाे याे राहतलाई दीर्घकालिक बनाएर हामी अझै सबल र सशक्त भएर उठ्ने छाैं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स