पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। भुसाललाई साइबर अपराधको कसुरमा अनुसन्धान गरी अदालतमा पेस गरिएको हो।
यसअघि पनि पुस ७ गते पक्राउ परेका भुसाललाई पुस ८ गते पोखरामा म्याद थपका लागि अदालतमा प्रस्तुत गर्दा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। प्रहरीले त्यस आदेशअनुसार अनुसन्धान पूरा गरेपछि भुसाललाई पुनः बिहीबार पक्राउ गरेको हो। एसपी ओलियाले अनुसन्धानबाट प्रमाण भेटिएपछि भुसाललाई पक्राउ गर्नुपर्ने देखिएको बताए।
भुसालले रवि लामिछानेको स्वास्थ्य अवस्था बुझ्न कास्की जिल्ला प्रहरी कार्यालय पुगेका बेला सुतिरहेको तस्वीर खिचेर फेसबुकमा सार्वजनिक गरेका थिए। यसले प्रहरीमाथि आलोचना जन्माएको थियो। पछि भुसालले फेसबुक लाइभमा आएर फोटो आफूले खिचेको स्वीकार्दै यसलाई सार्वजनिक गर्दा खराब नियत नराखेको दाबी गरेका थिए।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए।













![सेयर मार्केटमा अब के गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/qMcF0IIfXKg-SD-150x150.jpg)

![नन–लाइफ इन्स्योरेन्स क्षेत्रको भविष्य कता ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/2JJQ_wVJNzs-HD-1-150x150.jpg)
प्रतिकृया