प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन्। उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन्।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा बुधबार बसेको बैठकमा उनलाई निर्विरोध सभापति चयन गरिएको घोषणा गरिएको हो। समितिका पूर्व सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त भएको सभापति पदमा न्यौपाने मात्र उम्मेदवार भएकी थिइन्।
बैठकमा खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले प्रस्तावलाई समर्थन जनाएका थिए। निर्वाचित न्यौपाने आजै सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनेछिन।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी तत्कालीन संविधानसभाका सदस्य रहिसकेकी छिन् र पार्टीतर्फ संसदीय दलको सचेतकको भूमिका पनि निर्वाह गरिसकेकी छन्। साथै उनले कांग्रेस महिला विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेको अनुभव छ।
कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले उनलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया